परिचय
उपभोक्ताको स्वास्थ्यमा हानी नोक्सानी हुनबाट जोगाउन तथा खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्न प्रवर्द्धनात्मक र नियमनकारी भूमिका निर्वाह गर्ने उद्देश्य राखी स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरु देशमा राजनीतिक संरचनामा आएको परिवर्तनसँगै आफुलाई पनि विस्तार गदै गएका छन्। जसको फलस्वरुप कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि संघीय संरचना अनुसारको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको स्थापना भएको थियो। उक्त कार्यालयबाट दैलेख, सुर्खेत, जाजरकोट, रुकुम (पश्चिम), डोल्पा र हुम्ला जिल्लाका सर्वसाधारणले प्रत्यक्ष सेवा पाएका थिए।
वि.सं. २०७५ साल भदौ ९ मा स्थापित साबिकको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुर्खेतको कार्यक्षेत्र कर्णाली प्रदेश अन्तर्गतका रुकुम पश्चिम, जाजरकोट, डोल्पा ,दैलेख र हुम्ला भएकोमा मिति २०७८ कार्तिक १ गते देखि साबिकको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाट प्रयोगशाला सहितको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा स्तरोन्नति भई काम कारवाही गरीरहेको र कार्यालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० जिल्लाहरु सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, दैलेख, मुगु, कालिकोट, जुम्ला र हुम्ला रहेका छन्। यस कार्यालय मातहतको एक मात्र डिभिजन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्ला कार्यालयको कार्यक्षेत्र जुम्ला, कालिकोट र मुगु रहेका छन्।
यस कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कर्णाली प्रदेशका १० जिल्लाहरुमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धि कार्य गर्दै आइरहेको छ। कार्यालयले सम्भव भएसम्म आफनो कार्यक्षेत्र भित्र अनुगमन, निरीक्षण तथा कार्यक्रम सञ्चालन गरी विभीन्न उद्योगी, व्यवसायी तथा उपभोक्ताहरुकोसचेतना अभिवृद्धि गर्ने कार्य गरिरहेको छ। यस कार्यालयले नियमित रुपमा तोकिएका कार्यक्षेत्र रहेका कर्णाली प्रदेशका खाद्य तथा दाना उद्योग निरीक्षण अनुगमन र नयाँ खाद्य/दाना उद्योग दर्ताका लागी सिफारिस, खाद्य/दाना उद्योगलाई खाद्य/दाना पदार्थ उत्पादनका लागी खाद्य/दाना अनुज्ञापत्र (अनुमतिपत्र) जारी तथा नवीकरण नियमित रुपमा गर्दै आइरहेको छ।

