Objectives
कार्यालयको मुख्य उद्देश्यहरु
* खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशनमा रही खाद्य शृंखलाका विभिन्न चरणहरुमा खाद्य स्वछता तथा गुणस्तर ऐन, २०८१ अनुरुप खाद्य स्वच्छता तथा गुणस्तर नियमन तथा निरीक्षण/अनुगमन कार्य लाई प्रभावकारी रुपमा निरन्तरता दिने।
* दाना पदार्थ ऐन, २०३३ बमोजिम दाना पदार्थको स्वच्छता र गुणस्तर नियमन गरी स्वच्छ एवं गुणस्तरीय दाना आपूर्ति व्यवस्थामा टेवा पुर्याउने।
* खाद्य ऐन र दाना पदार्थ ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न कर्णाली प्रदेशमा उपलब्ध खाद्य तथा दाना नमुनाहरुको प्रयोगशाला विश्लेषण र सेवा ग्राहीको माग अनुसार सरल एवं छिटो छरितो विश्लेषण सेवा प्रदान गर्ने।
* खाद्य तथा दाना उद्योगहरुको नियमित निरीक्षण/अनुगमन गर्ने र उद्योगहरूलाई अनुमतिपत्रको दायरामा ल्याउने साथै खाद्य/दाना उद्योगहरुको स्थापनाका लागि सिफारिस, उद्योगको अनुमतिपत्र जारी तथा नविकरण गर्ने कार्यलाई सहज र प्रभावकारी तुल्याउने।
* खाद्य पदार्थमा स्वच्छता र गुणस्तर कायम गर्नका लागि खाद्य बजार, होटल/रेष्टुरेन्ट/क्यान्टिन/खाजा घर, मिठाई पसलको निरीक्षण/अनुगमन, नमुना संकलन गर्ने।
* खाद्य प्रशोधन, संरक्षण तथा संचयन सम्बन्धि शीपमूलक एवं पोषण सम्बन्धि तालिमहरु संचालन गरी खाद्य प्रौद्योगिकरणमा टेवा पुर्याउने।
* खाद्य उद्योगी/व्यवसायीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि ज्ञान प्रदान गर्ने हेतुले तालिम, कार्यशाला गोष्ठी कार्यक्रम संचालन गर्ने।
* झुक्यानमा पारी वा न्यून गुणस्तर वा दुषित खाद्य तथा दाना पदार्थको उत्पादन, ढुवानी तथा विक्रि वितरण गर्ने व्यक्ति वा फर्म उपर खाद्य स्वछता तथा गुणस्तर ऐन वा दाना पदार्थ ऐन बमोजिम कारबाही गर्ने।
* आम उपभोक्ता र सरोकारवालाहरुलाई जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले खाद्य स्वच्छता, गुणस्तर र पोषण सम्बन्धि जनचेतना मूलक कार्यक्रम संचालन गर्ने र स्थानीय संचार माध्यममा सूचना संदेश प्रचार प्रसार गर्ने।
* घरेलु उद्योगका समस्या समाधान तथा कृषिजन्य उद्योगको स्थापना र उद्योग संचालनका क्रममा आइपरेका प्राविधिक समस्या समाधानका लागि नि:शुल्क प्राविधिक परामर्श प्रदान गर्ने।

