कार्य विवरण
प्रमुख कार्यहरु
* खाद्य/दाना उद्योग, बजार, होटल रेष्टुरेन्ट तथा मिठाई पसल अनुगमन
* खाद्य अनुमतिपत्र तथा दाना अनुज्ञापत्र जारी तथा नविकरण, उद्योग स्थापना सिफारिस
* खाद्य स्वच्छताका आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण
* खाद्य प्रशोधन, पोषण र स्वच्छता तालिम
* उपभोगता सचेतना कार्यक्रम, सुचना, संदेश, खाद्य स्वच्छता दिवस, उपभोक्ता भेला, प्रशिक्षण इत्यादि कार्यक्रम
* आकष्मिक, नियमित तथा संयुक्त बजार अनुगमन
* खाद्य प्रविधि सम्बन्धि ट्रायल परिक्षण, अनुसन्धान
* प्रयोगशाला विश्लेषण सेवा
* प्राविधिक परामर्श सेवा
यस कार्यालयका देहाय बमोजिमका ४ वटा शाखा हरु र ति शाखा हरु बाट हुने मुख्य कार्यहरु निम्न बमोजिम रहेका छन्:
खाद्य स्वच्छता तथा गुणस्तर नियमन शाखा
खाद्य ऐन/नियम तथा दाना ऐन/नियमको कार्यान्वयन यस शाखाको मुख्य उद्देश्य हो। यस शाखाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्।
* खाद्य स्वच्छता तथा गुणस्तर ऐन, 20८१, खाद्य नियमावली, 2027, दाना ऐन, 2033 र दाना नियमावली, 2041 को प्रभावकारी कार्यान्वयन गर्न/गराउन समय-समयमा विभिन्न निकायहरुसँग समन्वय गरि बजार अनुगमन गर्ने/गराउने।
* समय-समयमा खाद्य/दाना निरिक्षकले बजारमा बिक्री/वितरण हुने शंका लागेका खाद्य पदार्थ तथा दाना पदार्थको नमूना संकनन गरि प्रयोगशालामा विश्लेषण गराउने।
* नमूनाको प्रयोगशालामा विश्लेषण गराउने क्रममा प्रतिकूल देखिएमा प्रचलित ऐन/नियम बमोजिम मुद्दा प्रकृया अगाडि बढाउने।
* आम उपभोक्ताबाट प्राप्त उजुरी/गुनासोहरुलाई विभिन्न सरोकारवालाहरु सँग समन्वय गरि प्रचलित ऐन/नियमको अधिनमा रहि उचित तजरले सम्बोधन गर्ने/गराउने।
* समय-समयमा हुने चाडबाड लक्षित अनुगमनमा सरोकारवालाहरु सँग समन्वय गरि सक्रिय रुपमा कार्य गर्ने/गराउने।
* सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने।
खाद्य तथा दाना प्रयोगशाला
खाद्य तथा दाना प्रयोगशालाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्।
* खाद्य/दाना निरिक्षकहरुबाट संकलित नमूनाहरुको विश्लेषण गरि प्रतिवेदन उपलाध गर्ने/गराउने।
* अन्य कार्यालय/संघ-संस्थाबाट प्राप्त नमूनाहरुको विश्लेषण गरि प्रतिवेदन उपलाध गर्ने/गराउने।
* प्रयोगशालाका उपकरणहरुको समय-समयमा जाँच गरि सो को अभिलेख राख्ने तथा उपकरणहरुमा त्रृटी देखिएमा जानकारी गर्ने/गराउने।
* सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने।
खाद्य प्रविधि विकास तथा पोषण शाखा
खाद्य प्रविधि बिकास तथा पोषण शाखाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्।
* आ.व. मा स्वीकृत तालिम, गोष्ठी, भेला, सेमिनार कार्यक्रम सम्पन्न गर्ने/गराउने।
* माग भई आएमा खाद्य/दाना व्यवसाय, संचालनका लागि प्राविधिक परामर्श प्रदान गर्ने/गराउने।
* ट्रायल अध्ययन गर्ने, नविन खाद्य उत्पादन तथा प्रविधिको विकास गर्ने र सो को प्रचार प्रसार गर्ने।
* सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने।
अनुमतिपत्र तथा प्रशासन शाखा
अनुमतिपत्र तथा प्रशासनशाखाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्।
* खाद्य तथा दाना उद्योगको हकमा उद्योग स्थापनार्थ माग भई आएको सिफारिस प्रदान गर्ने/गराउने तथा उद्योगबाट उत्पादन पूर्व अनुमतिपत्र जारी गर्न/गराउन निरिक्षण एवं सहजीकरण गर्ने/गराउने।
* कार्यालयमा दैनिक रुपमा आउने/पठाइने पत्रको कार्यालय प्रति तथा अभिलेख राख्ने।
* कर्मचारीको व्यक्तिगत विवरण, कार्य सम्पादन मुल्याङकनको अभिलेख दुरुस्त राख्ने।
* कार्यालयमा राजस्वको संकलन तथा दाखिला गर्ने/गराउने।
* विभाग तथा मन्त्रालयबाट माग भई आएका विवरणहरु उपलब्ध गर्ने/गराउने।
* विभागमा मासिक प्रगति विवरण तोकिएको समयमा पठाउने र सो को अभिलेख राख्ने।
* आगामी आ.व.का लागि कार्यालय तथा विभिन्न सरोकारवालासँग समन्वय गरि बजेट तर्जुमा गर्ने/गराउने।
* सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने।

